Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

टिपरको ठक्करबाट घाइतेको मृत्यु

टिपरको ठक्करबाट घाइतेको मृत्यु

  • 1.0K
    SHARES

  • टिपरको ठक्करबाट घाइतेको मृत्यु

    उर्लाबारी,मङ्सिर ४ ।

    मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट  गम्भीर घाइते हुनुभएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ । 

    इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार कानेपोखरी –२ दलेली बजारका ३५ वर्षीय रमेशको उपचारका क्रममा बिहान ८ः२० मा मृत्यु भएको हो ।

    दाहालको झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मोतीदान कन्ट्रक्सन प्रालिको बा.प्र ०३–००१क –०२७४ नम्बरको टिपरले मङ्गलबार बिहान साढे ८ बजेतिर दाहाललाई ठक्कर दिएको थियो । सडकमा हिँडिरहेका दाहाल फरक क्षमताका व्यक्ति हुनुहुन्थ्यो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology