बुटवल,मंसिर १।
विद्यार्थीहरुलाई वैदेशिक शैक्षिक परामर्श सेवा दिँदै आएको बिग एजुकेशन कन्सल्टेन्सीको छैठौ शाखा बुटवलमा शुभारम्भ गरेको छ । काठमाडौंमा एक दशकदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको कन्सेल्टेन्सी शनिबारदेखि बुटवलको मिलनचोकमा कार्यालय शुभारम्भ गरिएको हो ।
कार्यक्रमको ईक्यान केन्द्रका अध्यक्ष शेषराज भट्टराईले उद्घाटन गर्दै अभिभावक र विद्यार्थीहरुको सपनालाई साकारबनाउन संस्थागत रुपमा ईक्यान सहकार्य गर्दै आएको दाबी गरे । कार्यक्रममा बिग एजुकेशनका संस्थापक सुरजकेसीले एक दशकको यात्रामा संस्थाबाट गुणस्तरीय परामर्शको लक्ष्यलाई पुरा गरेको बताए ।
कार्यक्रममा अमेरिकनकर्नरका संस्थापक अध्यक्ष दिलिप भट्टराईले शिक्षाको माध्यममा आमुल परिवर्तन भएको भन्दै विश्वब्यापी शिक्षाकोनया पुस्ताप्रतिको मागलाई परामर्शदाताहरु सहयोग रहेको बताए ।
र्यक्रममा ईक्यान रुपन्देही अध्यक्ष गिरिराज पाण्डेले सिकाई कहिले अन्त्य नहुने भन्दै अध्ययनलाई समयसापेक्ष अघिबढाउनुपर्ने बताए ।
एलआईएम कलेजका सुर्यदिप घतानेले विद्यार्थीहरुको उत्कृष्ट कन्सेल्टेन्सीका रुपमा अघि बढाउनसुझाव दिए ।
कार्यक्रममा एभिल्ला युनिभर्सिटीका जुगल आचार्यले विगतदेखिको सहकार्य धेरै महत्वपुर्ण भएको बताए । बिगएजुकेशन बुटवल शाखाका म्यानेजिङ डाईरेक्टर रक्षा बज्राचार्यले बुटवलमा धेरै राम्रो शुरुवात भएको बताइन ।भर्खरमात्र युके एडमिसन डे समेत शुरु भएको हुदा विद्यार्थीहरुलाई अफरहरु समेत रहेको उनले बताईन । एजुकेशनमाओपनिङमा एडमिसन शुल्क फ्रि गरिएको तथा आईइएलटिएस र पिटिमा ५० प्रतिशत छुट दिईनेछ ।
कार्यक्रममा अमेरिकन कर्नर रुपन्देहीका दिपिका गिरि, पूर्व डिआईजी केश बहादुर शाही, ईक्यानका निवर्तमान अध्यक्षदेव कुवर, बिग एजुकेसन बुटवलका अध्यक्ष प्रमित बज्राचार्यले सहि परामर्शको अभावमा दुख पाएका विद्यार्थी रअभिभावकलाई कन्सल्टेन्सीबाट उपयुक्त सहयोग मिल्नेमा आशाबादी रहेको बताए । शाखाबाट अष्ट्रेलिया, अमेरिका, युके, क्यानडा,युरोप,जापान, न्युजिल्यान्डमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श र आवश्यक सहयोग दिईने बुटवल शाखा प्रमुख रक्षा बज्राचार्यले बताईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)