Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कालिका मानवज्ञान माविद्वारा नौ लाख बराबरको छात्रवृत्ति बितरण

कालिका मानवज्ञान माविद्वारा नौ लाख बराबरको छात्रवृत्ति बितरण

  • 1.2K
    SHARES

  • कालिका मानवज्ञान माविद्वारा नौ लाख बराबरको छात्रवृत्ति बितरण

    बुटवल,कार्तिक  ३० ।
    देशकै उत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलले कक्षा ११ ,१२ मा अध्यनरत विद्यार्थीलाई ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेकाे छ । 
    शुक्रबार प्रथम त्रैमासिक परिक्षाकाे नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण कार्यक्रम आयाेजना गरी १ सय १ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण तथा सम्मान गरिएकाे हाे ।
    विगतका बर्षमा अन्य सामादायिक विद्यालय तर्फ नेपालमा पहिलाे पटक कुलविद्यार्थी  १०% छात्रवृत्ति प्रदान गरेकाे विद्यालयले याे बर्ष पनि छात्रवृत्ति वितरण गरेकाे हाे  । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा,कक्षा १-१२  परीक्षा संयाेजक युवराज कण्डेल ले पुरस्कार वितरण गरेका हुन ।
    प्रथम त्रैमासिक परिक्षामा ३.६ जिपिए भन्दा माथि नतिजा ल्याउने १०१ जनालाई छात्रवृत्ति वितरण तथा सम्मान गरिएकाे हाे ।
    कार्यक्रम मा बाेल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रकम अभावमा काेहि पनि विद्यार्थी अध्यन बाट बञ्चित हन नपराेस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएकाे जानकारी दिए । उनले खेलकुदमा समेत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई समेत निःशुल्क छात्रवृत्ति प्रदान गर्ने क्रमलाई निरन्तरता दिएकाे जानकारी दिए  । उनले नतिजा उत्कृष्ट ल्याउने विद्यार्थी लाई विद्यालयले जहिले पनि प्राेत्साहन प्रदान गर्ने जानकारी दिएका थिए ।
     
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली ले विद्यार्थी, शिक्षक, अभिभावक काे अथक प्रयासबाट नतिजा ल्याउन सफल भएकाेमा धन्यवाद दिए । उनले सबै विद्यार्थी लाई बधाई तथा शुभकामना दीदै, आगामी दिनमा अझै उच्च नतिजा ल्याउनकाे लागि सुझाव समेत दिए।
    देशै सबैभन्दा धेरै विद्यार्थी रहेकाे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेका कालिका मानवज्ञान मावि मा हाल ८ हजार भन्दा बढि विद्यार्थी रहेका छन्  । जसमा सेक्टर १ कालिकानगर र सेक्टर २ रामानगर गरि दुई वटा सेक्टरमा अध्यापन हुँदै आएकाे छ । विद्यार्थी ले शिक्षा दिवसकाे अवरमा उत्कृष्टविद्यालयकाे रुपमा राष्ट्रिय ध्वजा सहित सम्मान भएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक ३० २०८१०८:४६:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology