Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

भिजिबिलिटी कम : भैरहवाको आकाशमा थाई एयर एसिया करिब १ घण्टा होल्ड

भिजिबिलिटी कम : भैरहवाको आकाशमा थाई एयर एसिया करिब १ घण्टा होल्ड

  • 1.4K
    SHARES

  • भिजिबिलिटी कम : भैरहवाको आकाशमा थाई एयर एसिया करिब १ घण्टा होल्ड

    बुटवल,कार्तिक २९ ।

    थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयर एसियाको विमान आकाशमा होल्ड भएको हो ।

    गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी  विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाई एयर एसियाले कम देखेका कारण आकाशमा होल्ड भएको बताए । 

    सोही समयमा जजिरा विमान विमानस्थलमा अवतरण गरेपनि थाई एयर एसियाका पाइलटलाई कम भिजिबिलिटी लागेकाले केही समय होल्ड गरेको उनले बताए । उनले अनुकूल भिजिबिलिटी हुनासाथ थाई एयर एसियाको विमान अवतरण गरिएको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology