रुपन्देही,कार्तिक २९ ।
रुपन्देही जिल्लाको गैडहवा र मायादेवी गाउँपालिकामा कपडा बैंक शुभारम्भ भएको छ ।
बुधवार एक कार्यक्रमका बिच गैडाहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल, उपाध्यक्ष माधुरी जैशावाल, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम तथा वड़ा प्रतिनिधिहरु र मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी, प्रतिनिधि सभा सदस्य श्रीशान्त चौधरी लगायतको उपस्थिति थियो भने क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जि सी को समेत बिशेस उपस्थिति रह्यो । उपस्थितहरुको आतिथ्यतामा कपडा बैंक क्लोथ ड्रप बक्सको शुभारम्भ गरिएको हो ।
क्लोथ बक्सको सुभारम्भ गर्दै प्रदेश संसदले कपडा बैंकलाइ राज्यले पनि सहयोग गर्नु पर्ने र आफ्नो तर्फदेखि पनि पूर्ण सहयोग रहने बताउनु भयो । मानवीय सेवा जस्तो पबित्र कार्यमा सहकार्य गरेकोमा गैडाहवा गाउँपालिकाले सम्पूर्ण क्लोथ बैंक परिवारलाइ धन्यवाद दिदै सम्पूर्ण स्थानीयलाई प्रसार प्रचार गर्न अनुरोध समेत गर्नु भयो ।
देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उदेश्य छ । देसका सातै प्रदेशमा सोरुमहरु संचालन गरेर हामि जो कोहिले प्रयोग गर्न मिल्ने यो कार्यक्रमको सहि उपयोग गर्न मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी ले बताउनु भयो ।
आफ्नो घर, टोल र समाजलाई सफा राखौ कोहि कपडा बिहिन नरहून भन्ने नाराका साथ यो अभियान जारी रहेको र हाल सम्म यो परोपकारी कार्य देखि एक भन्दा बढी जनमास लाभंदित भएकोमा खुसि हुदै क्लोथ एण्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले सबैलाई जोडिन आग्रह गरे ।
नेपाल भरका सम्पूर्ण स्थानीय तह तथा विभिन्न निकायलाई सहकार्यका लागि आह्वान गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)