बुटवल,कार्तिक २८ ।
नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रालिले अत्याधुनिक र सुविधासम्पन्न दशवटा बस हस्तान्तरण गरेको छ।
रुपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको हो। त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि,पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा रहेको छ।
नेपाल यातायात ब्यवसायी महासंघका महासचिव डेगनाथ पन्थिले राज्यले निति नियम स्थापित गर्न नसकेको बताउनुभयो । उहाले ६५ प्रतिशत स्वरोजगार ब्यवसायी रहेको बताउनुभयो ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्ली सम्मकोअन्तरदेशीय यात्राको लागि संचालनमा आउने पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बताउनुभयो ।
टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाा बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ भने बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्चगुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने दाबी कम्पनीको छ।
ुअत्याधुनिक माग्नार गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछु सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताउनुभयो।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जानकारी दिनुभयो।लन्च गरिएका प्रति गाडिको मुल्य १ करोड ७० लाख रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)