बुटवल,कार्तिक २८ ।
लेडिज कपडाको बृहत् कलेक्सन ‘चिनो नेपाल’ बुटवलमा भित्रिएको छ । नेपाली युवाहरुको मागलाई मध्येनजर गरि काठमाण्डौमा उत्पादन र बजारीकरण शुरु भएको युवा ब्यवसायी नवराज बजगाईले बताए ।
काठमाण्डौमा नेपाली लेडिज कलेक्सन ब्राण्ड चिनो शुरुवात गरेर आठौ शाखाका रुपमा बिपि चोकस्थित मल्ली कम्प्लेक्समा मंसिर ८ गते चिनो शोरुमको औपचारिक उद्घाटन गर्ने भएको हो ।बुधबार पत्रकार भेटघाटमा चिनो नेपालका अध्यक्ष नवराज बजगाईले स्वदेशी युवाहरुलाई देशभित्र नै रोजगार दिदै नेपाली युवाहरु लक्षित गरि उत्पादन शुरु गरेको बताए ।
पहिलो चरणमा लेडिज फेसन गार्मेन्ट शुरु गरेर काठमाण्ठौमा पाच तथा पोखरा, नारायणगढमा सफल भएपछि आठौ शोरुम बुटवलमा खोल्न लागेको उनले बताए ।
रुपन्देहीमा चर्चित टाईगर रिर्सोट शुरुवात गरेको बजगाईले एक दिनमा २० करोड रुपैयाको कारोबार गरेको प्यालेसको अनुभव शेयर गर्दै स्टार्टअपलाई लक्षित गरि सरकारबाट योजना ल्याउन सकेमात्र सफल हुने बताए ।
महिलाबाट चलाईएको बिजनेश ८० प्रतिशत सफल भएको उदाहरण पेश गर्दै उनले नेपालमा युवा रोक्ने आधार उद्योग भएको बताए ।नेपाली बजारलाई चीन र भारतबिच पुलका रुपमा बुटवल हब भएको दाबी गर्दै उनले निर्यात गर्ने लक्ष्यसहित ब्राण्डलाई अघि बढाएको बताए ।
निम्न आयस्तर रहेकोहरुलाई तालिम र क्षमता विकास गरि सामाजिक उत्तरदायित्वमात्र नभई आयस्तर उकास्ने गरि आयआर्जनमा जोड दिएर भुईमान्छेहरुलाई उद्योगमा समेटेको उनले बताए । हाल चिनोमा ४ सय जना कामदार रहेको भन्दै २ हजार सम्म रोजगार सृजना गर्ने लक्ष्य रहेको उनले बताए ।
‘हामीले गुणस्तरमा जोड दिएको र गम्भीर भएर लागेका छौ ।’— उनले भने । एउटा उत्कृष्ट ब्राण्ड बनाउने गरि धेरै मेहनत गर्दै आएको उनले बताए । विश्वमा नै ब्राण्ड बनाउदा प्याट्रनलाई पहिल्याउने प्रचलन रहेको भन्दै उनले विश्व बजारको उत्पादनलाई ध्यानमा राखेर कपडा तयार गरेको बताए ।
उपभोक्तालाई सुपथ मूल्यमा बस्तु बिक्रीका लागि उत्पादनमा लाग्ने लेभर मूल्य नै मुख्य कारक हुने भन्दै उनले चाईनामा भन्दा पाच गुणा कममा नेपालमा बस्तु उत्पादन गर्न सकिने सम्भावना रहेको बताए । कोटा सिस्टममा काम गरिदा यो लेभर समस्यालाई हटाउन सकिने उनले बताए । हाल चिनोमा ३० करोड रुपैया लगानी भएको छ । आईपिओ खोल्ने तयारीमा रहेको उद्योगले ७० करोडमा पुर्याउने लक्ष्य रहेको छ । बुटवल ओपनिङमा नै ५० प्रतिशत छुट र ५ प्रतिशत समेत छुटको ब्यवस्था रहेको उनले बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले युवाहरुलाई देशभित्र नै टिकाउने र बुटवलको आर्थिक चलायमान गराउने आधारका रुपमा चिनो भित्रिएको बताए । यो एउटा समुदाय लक्षित गरि चलाईएको योजनालाई सफल बनाउन सबैको हात रहने उनले बताए ।कार्यक्रममा चिनो नेपालका संचालक मिनराज भुषाल, संचालक सदस्य राजेन्द्र डुम्रे, मार्केटिङ हेड सन्देश अधिकारीले युवाको मागलाई ध्यानमा राखेर उत्पादन गर्दा सफलता हासिल हुदै गएको बताए ।
सो अवसरमा पत्रकारहरु माधव नेपाल,कपिल ज्ञवाली,अमृत गिरि ,लक्ष्मण पौडेल,स्वस्तिक श्रेष्ठ, लगायतले बोलेका थिए । कार्यक्रममा क्रियटिभ डाईरेक्टर प्रियंका कार्कीले नेपाली कपडाको गुणस्तरीय उत्पादनमा चिनो अगाडि बढेको बताइन ।
फेशनले संस्कृति र परम्परालाई चिनाउन सकेमात्र सफल हुने उनले दाबी गरिन। चिनो पछिल्लोसमय नया बानेश्वर, भक्तपुर, बौद्ध, कुमारीपाटी, सामाखुशी, चितवन, पोखरा गरि सात स्थानमा शाखा रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)