Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ग्रेस ईन्टरनेसनल बुटवलद्वारा अपाङ्ग आश्रममा न्यानो कपडा तथा खाद्यान्न सामाग्री प्रदान

ग्रेस ईन्टरनेसनल बुटवलद्वारा अपाङ्ग आश्रममा न्यानो कपडा तथा खाद्यान्न सामाग्री प्रदान

  • 1.8K
    SHARES

  • ग्रेस ईन्टरनेसनल बुटवलद्वारा अपाङ्ग आश्रममा न्यानो कपडा तथा खाद्यान्न सामाग्री प्रदान

    बुटवल,कार्तिक २८ ।

    १८ औँ वार्षिकोत्सवको अवसरमा ग्रेस ईन्टरनेसनल एजुकेसन माइग्रेसनले न्यानो कपडा एवं खाद्यान्न सामाग्री प्रदान गरेको छ। बुटवल देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा  न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरिएको हो।

    बुधवार एक कार्यक्रमको आयोजना गर्दै ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईको नेतृत्वको टोलीले आश्रममा पुगेर जाडोको  न्यानो कपडा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । 

    कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले ग्रेसले आफ्नो वार्षिकोत्सवको अवसरमा एउटा सामाजिक उत्तरदायीत्वको कामको साथमा मनाउने योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

    उनले ८० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको जानकारी गराउँदै १५ सेट बिस्तारा, केही बोरा चामल, तेल, चाउचाउ लगायतका सामाग्रीहरू वितरण गरिएको बताए । grace.jpg

    आश्रमका अध्यक्ष डोल बहादुर रामदानले अनाथ सँगै अपाङ्ग आश्रम भए पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको बताउँदै विभिन्न सामाजिक संघ संस्थाको सहयोग बाट आश्रम चलिरहेको बताए । उनले हाल आश्रममा ३८ जना  आश्रित रहेको बताउँदै उनले २१ जना पुरुष र १७ जना महिला रहेको जानकारी दिए । 

    कार्यक्रममा काउन्सिलर प्रविना खनाल , क्यानडा संयोजक प्रशान्त न्यौपाने,  अप्रेसन हेड सबिता सापकोटा, काउन्सिलर रञ्जन पराजुली, काउन्सीलर बाबुराम पराजुली, राना ट्राभलका सञ्चालक जीवन राना लगायतले बोलेका थिए ।saman.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology