Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता ,पत्रकार सम्मेलन स्थगित

रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता ,पत्रकार सम्मेलन स्थगित

  • 1.2K
    SHARES

  • रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता ,पत्रकार सम्मेलन स्थगित

    काठमाडौं, कात्तिक २८ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो दुई बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाका १९ सांसदमाथि नै सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको जानकारी नेताहरूले पाएपछि स्थगित भएको बुझिएको छ । 

    रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै आएको थियो । आज विरोधका दोस्रो चरणको नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी थियो । 

    सर्वोच्च अदालतले रास्वपाका अधिकांश केन्द्रीय पदाधिकारीमाथि अपहेलना मुद्दा दर्ताको आदेश गरेको छ । सहरजिस्टारको आदेशले दरपीठ भएको मुद्दा दर्ताको आदेश मङ्गलबार भएको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा दर्ताको आदेश गरेको हो। 

    सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको जिकिर मुद्दामा गरिएको छ । यस्तै न्यायाधीशमाथि अप्रमाणित आक्षेप लगाएको दाबी पनि मुद्दामा गरिएको छ ।

    लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको छ। यस्तै बागमती प्रदेश सभापति अच्युतम लामिछानेमाथि पनि मुद्दा दायर भएको छ । दरपीठ आदेश बदर भएसँगै अब मुद्दा दर्ताको प्रक्रिया अघि बढ्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology