Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिताको अन्तिम दिन भोलि १६ टीम भिड्ने 

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिताको अन्तिम दिन भोलि १६ टीम भिड्ने 

  • 1.3K
    SHARES

  • प्रथम अन्तर बैंक फुटसल प्रतियोगिताको अन्तिम दिन भोलि १६ टीम भिड्ने 

    बुटवल,कार्तिक २३ ।

    नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिको आयोजनामा बुटवलमा जारी प्रथम अन्तरबैंक फुटसल प्रतियोगितामा अज २५ वटा टीमिबच खेल भएके छ । भोलि हुने क्वाटर क्वाटर ,सेमी फाइनल र फाइनलमा १६ टीमका बिचमा प्रतिस्प्रर्धा हुनेछ ।

    प्रतियोगितामा सहभागी विभिन्न बैंक तथा वित्तीय संस्थाका २९ टीमलाइ ७ वटा समूहमा विभाजन गरेर प्रतियोगिता जारी रहेको र भोलि एक समारेहका बिचमा समापन गरिने नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिका अध्यक्ष पदमराज भुसालले जानकारी दिनुभयो।

    २९ टिम सहभागी प्रतियोगिताको पहिलो र दोस्रो दिनमा लिग चरणमा खेलहरु भएका हुन् । ७ समुहमा रहेका टिमहरु बिचमा पहिलो दिन २१ वटा , दोस्रो दिन २५ वटा खेल भए भने तेस्रो दिन १६ वटा टिम खेल्नेछन् । कार्तिक २२ देखी शुरू भएके प्रतियोगिताले अन्तरबैंकको सम्बन्ध स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागिको भनाइ छ ।

    प्रथमलाइ ५० हजार,ट्रफि, मेडल र प्रमाणपत्र,द्वितियलाइ २५ हजार ट्रफि,मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्धाटन गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।खेल बुटवलको योगिकुटिमा रहेको स्वर्णिम फुटसलमा भैरहेको छ ।

    प्रतियोगिताको मेन स्पोन्सरमा साइनरेसुङ्गा डेभलपमेन्ट बैक,को-स्पोन्सरमा ग्लोवल आईएमई बैक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन् ।

    fa357125-7852-4ab9-b22c-7ab942c68fb0.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology