Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा विवाद,झडपमा सुरक्षाकर्मीसहित केही घाइते

पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा विवाद,झडपमा सुरक्षाकर्मीसहित केही घाइते

  • 1.5K
    SHARES

  • पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा विवाद,झडपमा सुरक्षाकर्मीसहित केही घाइते

    ताप्लेजुङ,कार्तिक २३ ।

    पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा भएको विवादका क्रममा झडप भएको छ। विवादका क्रममा दुई पक्षबीच झडप हुँदा केवलकार निर्माणको विरुद्धमा रहेका चन्द्र मादेन घाइते भएका छन् ।

    उनलाई उपचारका लागि जिल्ला अस्पताल पुऱ्याइएको छ। ढुंगाले लागेर सुरक्षाकर्मीसहित केही घाइते भएका छन् ।निर्माण क्षेत्रमा स्काइभेटर मेसिन लाने विषयमा विवाद भएको हो । निर्माण कम्पनी हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीबाट मेसिन लैजाँदा आन्दोलनरत पक्षले अवरोध गरेका थिए । त्यसपछि प्रहरीले मेसिनको चाबी लिएको थियो ।

    प्रहरीसँग चाबी मागेर आन्दोलरत पक्ष आन्दोलित भएको थियो । त्यही क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको हो । प्रहरीले मेसिनको चाबी दिएको छैन भने दुवै पक्ष आ-आफ्नो क्षेत्रमा बसिरहेका छन्।

    Taplejung-Jhadap-cabalecar-Kutakut-1024x569.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology