Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

३० जिल्लामा जापानीज इन्सेफलाइटिस : ८० जनामा पुष्टि,२३ जनाको मृत्यु

३० जिल्लामा जापानीज इन्सेफलाइटिस : ८० जनामा पुष्टि,२३ जनाको मृत्यु

  • 1.1K
    SHARES

  • ३० जिल्लामा जापानीज इन्सेफलाइटिस : ८० जनामा पुष्टि,२३ जनाको मृत्यु

    काठमाडौँ, कात्तिक २२ ।

    जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमितमध्ये करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८० जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २८.७५ प्रतिशत अर्थात् २३ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कैलाली चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई÷दुई जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, रुपन्देही, पाल्पा, चितवन, काठमाडौँ, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक÷एक जनाको मृत्यु भएको छ ।

    सङ्क्रमितमध्ये अधिकांश १५ वर्ष मुनिका बालबालिका रहेको महाशाखाले जनाएको छ । मृत्यु भएकामध्ये यो विरुद्धको खोप नलगाउका,ज्येष्ठ नागरिक तथा दीर्घरोगी भएको महाशाखाले जनाएको छ । 

    खोपले नियन्त्रण गरेको जापनिज इन्सेफलाइटिस बढ्नु चिन्ताको विषय भएको सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउनुहुन्छ ।महाशाखाका अनुसार सन् २०२३ मा १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

    सन् २०२२ मा ६६,सन् २०२१ २८ जना र सन् २०२० मा २२ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको थियो । नेपालमा जापनिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology