अमेरिका ,कार्तिक २१ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी बनेका छन् । तर। उनी विजयी भएको औपचारिक घोषणा भने हुन बाँकी नै छ ।
अमेरिकी राष्ट्रपतिमा विजयी हुनको लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७६ इलेक्टोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो ।
डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार कमला ह्यारिसले हालसम्म २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ह्यारिस वर्तमान उपराष्ट्रपति पनि हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)