Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

अर्घाखाँची बस दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (विवरणसहित)

अर्घाखाँची बस दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (विवरणसहित)

  • 1.8K
    SHARES

  • अर्घाखाँची बस  दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (विवरणसहित)

    बुटवल,कार्तिक १९ ।

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतको सङ्ख्या ३३ पुगेको छ ।

    भूमिकास्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेकोसडक छेउकाे स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।

    बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकाेमा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँचीअस्पतालमा उपचारका क्रममा अर्कि २२ वर्षीय महिला तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुरमल्लले जानकारी गराएका छन । घाइतेहरू मध्य १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपीमल्लले बताएका छन । एक जना भने उपचार पश्चात डिस्चार्ज भएका छन् ।

    घाइते र मृतकहरुको विवरण

    १) जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा-६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठ (१८:३०मा मृत घोषणा)

    २) ऐ.ऐ. खिल्जी बस्ने बर्ष ३८ कि यमुना थापा

    ३) ऐ.ऐ बस्ने बर्ष १२ की रोजिना परियार

    ४) ऐ.ऐ. खसुरकोट बस्ने बर्ष ९ कि अन्सिला सुनार

    ५) ऐ.ऐ.खिल्जी बस्ने बर्ष १८ कि बिन्दु परियार

    ६) ऐ.ऐ.बस्ने बर्ष ४१ कि ईश्वरी गैरे भुषाल

    ७) ऐ.ऐ बस्ने बर्ष १८ की सर्मिला मुखिया

    ८) ऐ.ऐ.बस्ने बर्ष १२ कि जुना परियार

    ९) ऐ.ऐ.खमारीबास बस्ने बर्ष ३८ कि जुना थापा

    १०) ऐ.५ बस्ने बर्ष ७२ को प्रेम बहादुर श्रेष्ठ

    ११) ऐ.५ असुरकोट बस्ने बर्ष ३४ को नवराज श्रेष्ट

    १२) ऐ.५ बस्ने बर्ष ४९ की शुस्मा घर्ति

    १३) ऐ.ऐ. बस्ने बर्ष ५ को रबिन्द्र श्रेष्ट

    १४) ऐ.४ खिल्जी बस्ने बर्ष २९ को गोपाल थापा

    १५) ऐ.ऐ. बस्ने बर्ष २६ को जिवन घर्ति

    १६) ऐ.२ बस्ने बर्ष माछामारे बस्ने बर्ष २१ की वबिता पुन

    १७) ऐ. ८ नुवाकोट बस्ने बर्ष ४४ की रुपा श्रेष्ट

    १८) सन्धिखर्क न.पा २ भक्तिटोला बस्ने बर्ष २४ कि गिता भाट, बुटवल रिफर ।

    १९) जिल्ला प्युठान ऐरावती गा.पा.९. बिजुली बस्ने बर्ष १७ कि विमला नेपाली

    २०) ऐ.ऐ बस्ने बर्ष ६० की सुमित्रा थापा

    २१) जिल्ला प्युठान मलारानी गा.पा २ खैरेनीडाँडा बस्ने बर्ष २२ को विक्रम पुन

    २२) ऐ.ऐ बस्ने बर्ष १७ को पर्वत राना

    २३) ऐ.५ बस्ने बर्ष ६० कि उमकला पुलामी मगर

    २४) ऐ.६. बस्ने बर्ष २९ को बिष्णु बन्जाडे

    २५) जिल्ला प्युठान ऐरावती गा.पा ६ सिमलचौर बस्ने बर्ष ४० की सिता नेपाली

    २६) भु.न.पा ६ खिल्जी बस्ने बर्ष ११ को अनुपा खण्नडी

    २७) ऐ.५ असुरकोट बस्ने बर्ष ६० की पवित्रा घर्ति मगर

    २८) ऐ.ऐ बस्ने बर्ष ११ की आईस्मा पुलामीको खुट्टामा चोट अबस्था

    २९) जिल्ला प्युठान मललरानी गा.पा २ खरेनीडाँडा बस्ने बर्ष १९ को नविन पुन

    ३०) ऐ.ऐ बस्ने बर्ष २० को हिमाल पौडेल

    ३१) ऐ.ऐ बस्ने बर्ष २२ को श्रीधर के.सी

    ३२) भु.न.पा ६ खिल्जी बस्ने बर्ष ३५ को प्रकाश बेल्बासे

    ३३.ऐ.ऐ बस्ने बर्ष १८ की बिन्दु परियार

    ३४) ऐ.ऐ बस्ने बर्ष १८ की स्मृति बेल्बासे

    ३५) ऐ ४ फलामखिल्जी बस्ने बर्ष ३१को रवि रेस्मी

    ३६) मलारानी गा.प २ चुजाँठाटी, प्युठान बस्ने बर्ष १८ को बविन राना

    ३७) भु.न.पा.-२ ढाकावाँङ बस्ने बर्ष ७० की रुनी खनाल (घटनास्थलमा मृत्यु)

    जम्मा ३७, मृत्यु २, रिफर १०, डिस्चार्ज १

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १९ २०८१११:२५:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology