Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु

भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु

  • 1.2K
    SHARES

  • भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु

    नयाँदिल्ली, कात्तिक १९ ।

    भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएका छन् ।

    प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो ।

    दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय छन् । पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ  भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ । रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    Kapil Gyawali

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिकअनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    • सोमवार, कार्तिक १९ २०८१०३:४९:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology