बुटवल,पुस २७-
लोकतन्त्रको रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन भएको छ । मुलुकमा एकपछि अर्काे गरि बिभिन्न कदमले लोकतन्त्रमाथि खतरा बढेको र ब्यबस्थामाथि नै प्रश्न उठ्न थालेपछि यसको बिरोधमा सञ्जाल निर्माण गरिएको हो ।
बुटवलमा सम्पन्न २५ संघसंस्थाको प्रतिनिधित्वसहितको एक भेलाले मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालको संयोजकत्वमा २५ सदस्यीय सञ्जाल गठन गरेको हो ।
सञ्जालको सहसंयोजकमा पत्रकार महासंघ रुपन्देहीका सहसचिब कमल रायमाझी र वुमन केयर नेपालका अध्यक्ष रिता केसी क्षेत्री रहनुभएको भने सचिबमा पुष्पलाल मित्रता केन्द्रका सचिब गुनाराम घिमिरे रहनुभएको छ ।
सञ्जालको सल्लाहकारमा बरिष्ठ पत्रकार अधिबक्ता बालकृष्ण चापागाइ,संविधानसभा सदस्य बिनोद पहाडी,नेपाल प्राध्यापक संघका अध्यक्ष डा बुद्धबहादुर थापा,पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे रहनुभएको छ ।
भेलामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीले संबिधानमाथि गरेको आक्रमणले सिंगो ब्यबस्थामाथि नै प्रश्न उठाएको भन्दै असंबैधानिक कदमबा बिरुद्ध नागरिक समाज सडकमा आन्दोलित हुनुपर्ने बताएका थिए ।उनीहरुले अदालतले यो मुद्धाको छिटो टुंगो लगाएर मुलुकलाइ निकास दिनुपर्ने समेत बताए ।
कार्यक्रममा संविधानसभा सदस्य बिनोद पहाडी, बरिष्ठ पत्रकार अधिबक्ता बालकृष्ण चापागाइ,नेपाल प्राध्यापक संघका अध्यक्ष डा बुद्धबहादुर थापा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनाल,नेपाल बार काउन्सिलका सदस्य अधिबक्ता बाबुराम पाण्डे,राष्ट्रीय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की,ड्रीम देवदहका रुपन्देही अध्यक्ष सिद्धिचरण भट्टराई,पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष गुणाराम घिमिरे,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिक्रम खड्का,जवाफ देहिता निगरानी समितिका अध्यक्ष लालहरी पाण्डे,बुटवल जेसिजका अध्यक्ष गोपाल प्रसाद चापागाइ, मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका सचिव कपिल ज्ञवाली,चांदनी नेपालका भवानी प्रसाद पाण्डे,परिवर्तनका लागि महिला समूहका अध्यक्ष रिता सेन ओली,माहुरी होमका रबि शंकर ठाकुर,स्कुल अफ डेमोक्रेशीका सचिब गोबिन्द बस्नेत लगायतका संघसंस्थाका प्रतिनिधिहरुले बोल्दै संसद बिघटन गलत भएको बताएका थिए ।
साे कार्यक्रममा सहभागि संबै संघसंस्थाका प्रतिनिधिहरु सञ्जालको सदस्य रहेका छन् ।संजालले तत्कालै मैनबैत्ती जुलुस र नागरिक सभा गर्ने तयारी समेत गरिएको संयोजक गोबिन्द खनालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)