कपिलबस्तु,कार्तिक १३ ।
कपिलवस्तु जिल्लाको बाणगंगा ७ का सुनचादी ब्यवसायी सन्तोष पन्थी सुनारसहित २ जना प्रकाउ परेका छन । सन्तोष पन्थीले २ जना युवा मार्फत कारोबार गरेको थाहा पाएपछि गतराती करिव २ बजेबाट ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनलाई घरैबाट पक्राउ गरेको हो ।
अर्घाखाची सुनचादी ब्यवसायी पसल बनगाईका सञ्चालक पन्थीले सुन ओसार पसार गर्ने गर्न अकबर अली मिया र अर्को एकजनालाइ प्रयोग गरेको हिजो मध्यरातमा बुटवल प्रहरीले प्रकाउ गरेपछि यो रहस्य बाहिर आएको हो । ति युवाहरुको साथमा इलाका प्रहरी कार्यालय बुटवल गस्ती टोलीले २९ तोला ५८ लाल सुन बरामद गरेको हो ।
ती दूई युवा प्रकाउ परेपछि उनीहरुको बयानमा बाणगंगा ७ का सन्तोष पन्थीले आफुहरुलाई सुन ओसार पसारमा प्रयोग गरेको बयान दिएका थिए ।
त्यस लगत्तै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि बिजयराज पण्डीतको नेतृत्व प्रहरी टोली ईलाका प्रहरी कार्यालय पिपरामा आई मध्यरातमा बाणगंगा ७ मा रहेको उनको घरबाट पन्थी सुनारलाई प्रकाउ गरी बुटवल लगेको थियो ।
सो क्रममा उनको पसलमा पनि प्रहरीले छापा मारेको स्रोतले बताएको छ । प्रकाउ परेका उनीहरुलाई म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि बिजयराज पण्डीतले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)