Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सन्धिखर्कमा मासु खाँदा ३५ जना बिरामी,झाडाबान्ता र ज्वरोले हैरान !

सन्धिखर्कमा मासु खाँदा ३५ जना बिरामी,झाडाबान्ता र ज्वरोले हैरान !

  • 906
    SHARES

  • सन्धिखर्कमा मासु खाँदा ३५ जना बिरामी,झाडाबान्ता र ज्वरोले  हैरान !

    अर्घाखाँची,कार्तिक १३ ।

    अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रुपमा मासु खाँदा  बिरामी हुनेको संख्या ३५ पुगेको छ। सन्धिखर्क नगरपालिका-१ तारामार्गमा  आइतबार देउराली पूजाको प्रसादका रुपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।

    अहिले बिहान थप ७ जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन्।

    बिरामीहरुमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए। उनीहरू सबैको अवस्था सामान्य रहेको  छ। आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो ४ बजे उपचारका लागि अर्घाखाँची  अस्पताल गएका थिए।  

    फुड पोइजनका कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।बिरामीहरूमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको  र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ। २ जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, कार्तिक १३ २०८१०९:३६:४४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology