बुटवल,कार्तिक ११ ।
थोर्गा रूपन्देही सम्पर्क समाजद्वारा दशैं तिहार,छठ,लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
तिलोत्तमामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै समाजका अध्यक्ष ओम ज्ञवालीले समाजले सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो ।
उहाँले रक्तदान कार्यक्रमहरु, आर्थिक अवस्था कमजोर भएकाहरुलाई आर्थिक सहायता, अग्नीपिडित र बाढिपिडितलाई सहयोग लगायतका कार्यहरु गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीले समाजको सदस्यता बृद्धिमा ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थापक ओमकारनाथ ज्ञवालीले शुभकार्य गर्दा समाजलाइ पनि आर्थिक हिसावले योगदान गर्ने बानि बसाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका पुर्व अध्यक्ष रामप्रसाद पोखरेल,बुद्ध टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, समाजका चिन्तामणि ज्ञवाली, गण्डकी अटो ट्रेडिङका निर्देशक पुरन ज्ञवाली, कोषाध्यक्ष बिदुर ज्ञवाली,लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी भिम ज्ञवाली लगायतले शुभकामना दिँदै समाजलाई अझै क्रियाशिल बनाउनुपर्ने बताउनु भएको थियो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)