Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कार्य सम्पादन मुल्यांकनमा अर्घाखाँची प्रहरी उत्कृष्ट

कार्य सम्पादन मुल्यांकनमा अर्घाखाँची प्रहरी उत्कृष्ट

  • 1.6K
    SHARES

  • कार्य सम्पादन मुल्यांकनमा अर्घाखाँची प्रहरी उत्कृष्ट

    अर्घाखाँची,कात्तिक १०। 

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्य सम्पादन मुल्यांकनमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयहरु विच भएको  कार्य सम्पादन मुल्यांकनमा तोकिएका नतिजा सुचकहरु हासिल गर्न उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग  गरि उत्कृष्ट नतिजा हासिल गरेको हो ।

    सुरक्षित गाउँ शहर, प्रदेश प्रहरीको रहरू अभियानमा उत्कृष्ट कार्य गर्ने कार्यालयको रुपमा कदर स्वरुप लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई  प्रशंसा पत्र प्रदान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए  ।

    लुम्बिनी प्रदेश प्रहरी दाङले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरु संग प्रत्येक बर्ष कार्य प्रगतिको सम्झौता गर्दै आएको छ । गत बर्ष २०८० को मुल्यांकनमा अर्घाखाँची प्रहरी प्रथम भएको डिएसपी मल्लको भनाइ छ ।ARGHAKHANCHI POLICE.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology