Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नयाँ जीवनको लागि हातेमालोले मनायो रजत महोत्सव

नयाँ जीवनको लागि हातेमालोले मनायो रजत महोत्सव

  • 2.4K
    SHARES

  • नयाँ जीवनको लागि हातेमालोले मनायो रजत महोत्सव

    बुटवल,कार्तिक ९  ।

    नयाँ जीवनकाे लागि हातेमालो बुटवल (पिएनएन) ले स्थापनाकाे २५ औँ बर्ष मनाएकाे छ।  २५ बर्षमा प्रत्यक्ष रुपमा ४२ हजारलाई सेवा प्रदान गर्न सफल भएकाे कार्यक्रम व्यवस्थापक  मना पाण्डेले जानकारी दिईन । उनका अनुसार अप्रत्यक्ष रुपमा २५ बर्षमा २ लाख बढिले सेवा लिएका छन् ।

    कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिका का प्रमुख खेलराज पाण्डेले  सहकार्य ,समन्वय गर्न तयार रहेकाे बताए ।अपांगता क्षेत्र र कुष्ठ प्रभावित हरुकाे लागि सहकार्य गरेर अगाडि बढ्ने समेत बताएका थिए। उनले लामाे समय देखि हातेमालो ले गर्दै आएकाे काम उत्कृष्ट रहेकाे भन्दै उनले यसलाई निरन्तरता दिनकाे लागि समेत आग्रह गरे ।

    khelraj.jpg

    बुटवलमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवि अर्याल, मायादेवी गाउपालिका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद ज्ञवाली , बुटवल उपमहानगरपालिका पुर्व मेयर पुनाराम पाेखरेल , वडा नम्बर ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ लगायतले आ-आफ्नाे भनाइ राखेका थिए ।

    कार्यक्रममा रजत जयन्ती सम्म विभिन्न सहयोग गर्ने विभिन्न निकायका व्याक्ति, पत्रकारहरु कपिल ज्ञवाली,कल्पना तिवारी र कृष्ण खनाललाइ सम्मानपत्रले सम्मान गरिएको छ  त्यस्तैगरि, स्थानीयतह, अन्तर्राष्ट्रिय सहयोग दातृ निकाय लाई बुटवल उपमहानगरपालिका प्रमुख खलराज पाण्डे , नयाँ जिवनका लागि हातेमालो बुटवलका अध्यक्ष शैलेन्द्र कुमार गौतम, कार्यक्रम अधिकृत मना कुमारि पाण्डे लगायतले सम्मान गरेका थिए ।

    सो अवसरमा स्मारिका समेत लोकापर्ण गरिएको छ । नयाँ जीवनको लागि हातेमालो २०५६ मा स्थापना भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology