Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सिटामोल अभाव छैन,नियमित उत्पादन भइरहेको छ: नेपाल औषधी लिमिटेड

सिटामोल अभाव छैन,नियमित उत्पादन भइरहेको छ: नेपाल औषधी लिमिटेड

  • 1.2K
    SHARES

  • सिटामोल अभाव छैन,नियमित उत्पादन भइरहेको छ: नेपाल औषधी लिमिटेड

    काठमाडौँ,कात्तिक ८ ।

    नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ । लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको हो ।

    देशभर डेंगुको सङ्क्रमण बढेको अवस्थामा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट जनगुनासो आएपछि लिमिटेडले सिटामोल अभाव नभएको स्पष्ट पारेको हो ।

    लिमिटेडले खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै स्टकिस्टहरु, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आएको लिमिटेडले जनाएको छ ।

    साथै लिमिटेडले डेंगु सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले आवश्यकता अनुसार सिटामोल बिहान ८ देखि साँझ ६ बजेसम्म खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology