Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

  • 1.7K
    SHARES

  • रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    कास्की,कार्तिक ८ ।

    कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

    अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो । 

    रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology