बुटवल,कार्तिक १ ।
नेपाल प्रहरी दिवसको अवसरमा सुरक्षित यात्रा नेपाल सम्मानित भएको छ। नेपाल प्रहरीको ६९ औं स्थापनादिवसको अवसरमा नेपाल प्रहरी लुम्बिनी प्रदेशले सुरक्षित यात्रा नेपाललाई सम्मानित गरेको हो।
नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयले प्रहरी दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममालुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरीको सहकार्यमा दुर्घटना न्युनिकरण, ट्राफिक सचेतना तथासुरक्षित यात्रा अभियान सञ्चालन गरेकाले सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलवासेलाई प्रशंसा पत्रले सम्मानगरेको हो
यसैगरि सोहि अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेललाई समेत यातायात क्षेत्रमापुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय दाङ प्रमुख प्रहरी नायवमहानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले आफ्नो ६९ औ स्थापना दिवस विविध कार्यक्रम सहित प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सम्पन्न गरेकोछ। नेपाल प्रहरी २०१२ साल असोज ३० गते स्थापना भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)