Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा ६ हजार दर्शकमाझ सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुँदै

बुटवलमा ६ हजार दर्शकमाझ सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुँदै

  • 1.7K
    SHARES

  • बुटवलमा ६ हजार दर्शकमाझ सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुँदै

    बुटवल,कात्तिक १ ।

    बुटवलमा कात्तिक ३ गते शनिबार लाइभ कन्सर्ट हुने भएको छ । लोकप्रिय युवा गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत लाइभ कन्सर्ट हुन लागेको हो ।

    चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको वल्र्डलिंक ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कन्सर्ट हुन लागेको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

    दशै अघि चितवनमा भब्य रुपमा कार्यक्रम सम्पन्न भएको एमएन प्रडक्सन नेपालका सुजित लामाले बताउनुभयो  ।स्थानिय आयोजक उत्कृष्ट ईभेन्टसका म्यानेजङ डाईरेक्टर हिमाल आचार्यले यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर भएको बताउनुभयो । एमएन, आर्वटेरी ईभेन्स र स्थानिय आयोजक पार्टी ईभेन्टस्को सहकार्य बुटवलमा हुने इभेन्ट सम्पन्न गर्नका लागि ९० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

    यहाँबाट हुने आम्दानीको केही रकम बुटवलमै आँखा शिविर सञ्चालनका लागि सहयोग गर्ने आयोजकले जनाएका छन् ।
    ६ हजार बढी दर्शकमाझ हुने वैद्यको लाइभ कन्सर्टको तयारी तीब्र पारिएको छ । बुटवलमा विभिन्न ४ वटा इभेन्ट अर्गनाइजरहरुको सहकार्यमा कन्सर्ट आयोजना गर्न लागिएको आर्विटरी इभेन्टसका निर्देशक विपिन नकर्मीले जानकारी दिनुभयो  ।

    दर्शकका लागि अनलाइन पे खल्तीमा टिकट बुकिङ खुला गरिएको छ । लोकल इभेन्ट अर्गनाइजर हिमाल आचार्यका अनुसार जनरल, फ्यान अडियन्स र भिआईपी गरी ३ समूहमा विभाजन गरी १ हजार ५ सय, २ हजार र २ हजार ५ सय टिकट दर कायम गरिएको उनले जानकारी दिनुभयो  । शनिबार दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा अनलाइन बुकिङ नगरेका दर्शकहरुका लागि क्यास काउन्टरबाट पनि टिकट उपलब्ध गराइने एमएन प्रोडक्सनका निर्देशक अक्षर श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रममा लागि आफ्नै साउण्ड सिस्टम तथा लाइटिङ तथा विश्वका चर्चित व्याण्डहरुमा अनुभव प्राप्त ७ जना साउण्ड इन्जिनीयर रहेको आयोजकले जनाएको छ । यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ गते पोखरा, कात्तिक २४ गते इटहरी, र मंसिर १ गते काठमाडौंमा आयोजना गरी समापन हुने छ । वल्र्डलिंकले यस टुरलाई प्रायोजन गरेको छ ।सज्जन राज वैद्य हालका सफल र श्रोताहरुका प्रिय संगीतकर्मीमध्ये एक हुन् ।

    ‘हवाइजहाज’, ‘चिट्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, । उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेको छ ।नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् ।

    पत्रकार सम्मेलनमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,कपिल ज्ञवाली,डिबि सुस्लिङ,दिनेश कुमार श्रेष्ठ,बिकास पराजुली,आविश्कार खनाललगायतले बोल्दै इभेन्ट सफल बनाउन सबैले सहयोग गर्ने बताए । यो इभेन्ट बुटवलमा हालसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology