Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्री पाण्डेको हस्तक्षेप

गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्री पाण्डेको हस्तक्षेप

  • 1.2K
    SHARES

  • गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्री पाण्डेको हस्तक्षेप

    काठमाडौँ,कात्तिक १ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।

    पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

    कोषको निर्णयअनुसार धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएपनि मारवाडी सेवा समितिले विरोध गर्दै आएको थियो । विवाद बढ्दै गएपछि मन्त्रीले हस्तक्षेप गर्दै धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

    मन्त्री पाण्डेले यसबारे छलफलका लागि आइतबार कोषका पदाधिकारीलाई छलफलमा बोलाएको मन्त्रालयले जनाएको छ ।

    pasupati.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology