Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

आठौं चाँदनी कप २०८१ को उपाधी फर्साटिकर युवा क्लवलाई

आठौं चाँदनी कप २०८१ को उपाधी फर्साटिकर युवा क्लवलाई

  • 714
    SHARES

  • आठौं चाँदनी कप २०८१ को उपाधी फर्साटिकर युवा क्लवलाई

    बुटवल,असोज २५ ।

    रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ दानापुर खेलमैदानमा संचालन भएको आठौं चाँदनी कप २०८१ को उपाधी फर्साटिकर युवा क्लवले कब्जा गरेको छ। निर्धारित समयसम्म भएको प्रतिस्पर्धामा २–२ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी शुटआउटमा विश्वशान्ती युवा क्लवलाई पारजित गरेपछि फर्साटिकरले चाँदनी कपको आठौं श्रृंखलालाई आफ्नो हातमा पार्न सफल भएको हो।

    उपाधी कब्जा गरेसंगै फर्साटिकरले १ लाख ५० हजार नगद रुपैया सहित कप, मेडल र प्रमाण्ण पत्र समेत हात पारेको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य भएको विशवशान्तीले ७५ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।त्यसै प्रतियोगितामा सर्वाधिक गोलकर्ता विश्वशान्तीका सूरज चौधरी, उत्कृष्ट डिफेण्डर विश्वशान्तीकै अनुप थापा, उत्कृष्ट गोलकर्ता फर्साटिकरका सुवान्त जिसी, उत्कृष्ट मिड फिल्डर फर्साटिकरका सन्तोष खत्री र उत्कृष्ट खेलाडी विश्वशान्तीका विज्ञान गुरुङ्ग घोषित भएका छन। उनिहरुले जनही ५ हजार रुपैया सहित ट्रफी प्राप्त गरेका थिए।

    प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरुलाई सम्मान तथा बधाई दिदै लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भूमिश्वर ढकालले खेलकुदलाई पनि बिकाससंग जोड्न सके समृद्ध समाजको निर्माण हुने र समृद्ध समाजबाटै समृद्ध देश बनाउने परिकल्पना पनि पुरा हुने बताउनु भयो। खेलाडी देशको गहना भएकोले उनिहरुको सही समय र स्थानमा उपयोग गरे देशको समेत मान इज्जत र प्रतिष्ठा बढ्दै जाने मन्त्री ढकालले बताउनु भयो। मन्त्री ढकालले पछिल्लो समय ग्रामिण क्षेत्रमा पनि खेलकुदको राम्रो बिकास हुन थालिरेहको यसको उचित ब्यबस्थापन गर्न आवस्यक रहेको समेत बताउनु भयो।

    कार्यक्रममा रुपन्देही फुटवल संघका अध्यक्ष लोक पुनले समेत खेलकुद र खेलाडीलाई देशको गहना भनिएपनि उक्त गहनालाई कुन समयमा के कसरी पहिरिने र त्यसको संरक्षण र चमकता कसरी ल्याउने भन्ने सरकारको ध्यान नजानु दुःखद रहेको बताउनु भयो।

    कार्यक्रममा प्रतियोगिताका अन्तिम ४ का दुई टिम योङ्ग ब्वाइज राजापानी कपिलबस्तु र बुद्धसेभेन स्टारलाई समेत सान्त्वना स्वरुप जनही १०,१०५ रुपैया प्रदान गरिएको थियो भने प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने बिभिन्न संघ संस्था तथा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो।चाँदनी युवा क्लव, कञ्च १ दानापुर रुपन्देहीको आयोजनामा गत असोज १४ गते देखि शुरु भएको प्रतियोगितामा रुपन्देही, कपिलबस्तु र नवलपरासीका १२ फुटवल टिमहरुले सहभागिता जनाएका थिए।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology