बुटवल,पुस २६ ।
नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद विघटन गैरराजनीतिक, गैरसवैधानिक, जनआकांक्षा विरोधी कदम भएको बताएका छन् ।
डा.पाण्डे र पहाडीले आइतबार संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरीत छ ।
प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ ।’यसमा प्रतिगमनकै अंशसमेत देखिएको उनीहरुले बताएका छन् ।
लेखिएको छ-, ‘यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न आहृवान गर्दछौं ।’ साथै उनीहरुले आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदाबहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको उल्लेख गरेका छन् ।
भविष्यमा त्यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धतासहित सुशासनको प्रत्याभूति गर्न र सक्षम, सवल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभा भित्र र बाहिरका राजनीतिक शक्ति र नागरिक समाज एकजुट हुन उनीहरुले आह्वान गरेका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)