Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

पासोमा फस्यो चितुवा

पासोमा फस्यो चितुवा

  • 714
    SHARES

  • पासोमा फस्यो चितुवा

    दाङ,असोज १९ ।

    बाँकेको खजुरा गाउँपालिका-६ का वीरेन्द्र पुन मगरकी दुई बर्ष दुई महिनाकी छोरी लक्ष्मी पुन मगरकी छोरी खाएको आशंका गरिएको एक भाले चितुवा घटनाको १८ दिनपछि शुक्रबार फन्दामा परेको छ । गत भदौ ३० गते बेलुका घरको आँगनबाट लक्ष्मी एक्कासी हराउनु भएको थियो ।

    खोजी गर्दा घटनाको तीन दिनपछि ५०० मिटर पश्चिमको गिजरा सामुदायिक वन क्षेत्रमा बालिकाको अवशेष टाउको र एउटा खुट्टै मात्रै फेला परेको थियो । वीरेन्द्र पुन मगर भने घटना हुँदा मलेसियामा हुनुहुन्थ्यो । बीरेन्द्र श्रीमती सीता गर्भवती भएको तीन महिनामै बिदेश जानु भएको थियो । बीरेन्द्र असोज २ गते मात्रै घर फर्किनु भएको हो ।

    भदौ ३० गते बिहान मात्रै उहाँले आफ्नी श्रीमती सीता र सानी छोरी लक्ष्मीसंग सामाजिक सञ्जालमा कुरा गर्नुभएको थियो । बीरेन्द्रले श्रीमती सीतालाई सानी छोरी लक्ष्मीलाई लिएर असोज २ गते बाँकेको राँझा एयरपोर्टमा आउन आग्रहपनि गर्नु भएको थियो ।

    तर, सोही दिन बेलुकी झन्डै ८ बजेतिर आँगन बाटै चितुवाले उहाँकी छोरी लक्ष्मीलाई लगेको थियो । यसकारण बाबु र छोरीका बीचमा नजिकवाट देखभेटपनि हुन पाएन । घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार राति एउटा भाले चितुवालाई नियन्त्रणमा लिइएको छ ।नरभक्षी चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र एनटिएनसीले प्रयास जारी राखेका थिए ।

    त्यसका लागि तीन वटा पासोहरु थापिएको थियो । दुई वटा हात्तीले नौं दिनसम्म चितुवाको खोजी गरिएको थियो । डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा  एउटा भाले चितुवालाई पासोमा पारेर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।  

    तर, बालिका लक्ष्मीलाई खाने चितुवा बारे  यकिन भइ नसकेको  प्रमुख गुप्ताले बताउनु भयो । बच्चाको पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने उहाँले जानकारी दिनुभयो । चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा तीन ठाउँमा पासो थाप्दै आएको थियो भने पाँच वटा क्यामेरासमेत जडान गरेको थियो ।

    नियन्त्रणमा रहेको  चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ । चितुवाको स्वास्थ्य परीक्षण गरेपछि कहाँ छाड्ने ? भन्ने विषमा थप छलफल गरी निर्णय गरिने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology