बुटवल,असोज १९ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीको आयोजनामा चाडपर्व लक्षित शान्ति सुरक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आर्थिक मन्दीका कारण पिडामा रहेका ब्यवसायीमाथि थप सुरक्षा चुनौती आईपरेको दुखेसो गरे ।
संघका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघका केन्द्रिय उपाध्यक्ष मोदनाथ बेल्बासेले होटल ब्यवसायि बिगत ७–८ बर्षयता बिभिन्न कारणले थला परेको बताउनुभयो । होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुले शान्ति सुरक्षा र आर्थिक समस्याका कारण पेशा धरापमा परेको दुखेसो गर्दै यसबाट उकास्ने गरि सरकारबाट नीतिगत योजना ल्याउनुपर्ने बताउनुभयो ।
अध्यक्ष भण्डारीले जिल्लाका १२६० ब्यवसायिकै पक्षमा लडिरहेको र सबैको साथ आवश्यक रहेको बताउनुभयो ।सो अवसरमा वडा प्रहरी कार्यालय बुटवलका प्रमुख बिष्णु बस्नेत ,पुर्व अध्यक्ष रामप्रसाद गौतम लगायतले बोलेका थिए । कार्यक्रमको संचालन महासचिव अर्जुन थापाले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)