बुटवल,असोज १९ ।
निबृत्त राष्ट्रसेवक समाज बुटवल उपमहानगर कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
बिजया दशमी शुभ दिपावली छठ एवम नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भोजबहादुर केसीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी खेलराज पाण्डेले निबृत्त राष्ट्रसेवकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
साथै उहाँले चाडपर्वलाई भड्किलो नभइ सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गर्नभयो ।शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय उपाध्यक्ष टेकबहादुर थापाले बिगतमा आफुहरुले राष्ट्र निर्माणमा महत्वपुर्ण भुमिका खेलेका राष्ट्रसेवकलाई सरकारले उचित सम्मान गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार आनन्दमानसिंह शाक्य,तिलकराम पौडेल,समाजका जिल्लाअध्यक्ष हेमबहादुर पछाइ,अर्जुन कुवर,सचिव मुकुन्दराज पोखरेल, उपाध्यक्ष लक्ष्मण पोखरेल, त्यस्तैगरि ताराप्रसाद भट्टराइ,हिमलाल न्यौपाने,शनतकुमार श्रेष्ठ,नगेन््द्र प्रसाद नेपाल,ऋषि आजाद,इश्वरि प्रसाद चापागाइ लगायतले बोल्दै मौलिकतालाई जगेर्ना गर्दै चाडपर्व मनाउनुपर्ने बताएका थिए ।कार्यक्रममा कृष्णप्रसाद कोइराला र बिष्णु कोइरालालाइ सम्मान गरिएको थियो भने १९ जना नया सदस्यता बितरण समेत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)