Logo बिहिवार, आश्विन १ गते २०८३
images

वेलफेयर अर्गनाईजेशनको रक्तदानमा ३१ यूनिट संकलन 

वेलफेयर अर्गनाईजेशनको रक्तदानमा ३१ यूनिट संकलन 

  • 1.7K
    SHARES

  • वेलफेयर अर्गनाईजेशनको रक्तदानमा ३१ यूनिट संकलन 

    बुटवल,असोज १३ । 

    एटलस वेलफेयर अर्गनाईजेशनले नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बुटवल रक्तसञ्चारकेन्द्रमा रक्तदान कार्यक्रम गरी नवौं स्थापना दिवस मनाएको हो । 

    संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदान कार्यक्रम गरिएको संस्थाका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद पन्तले जानकारी दिए । 

    संस्थाका सदस्यहरु, शुभचिन्तकहरु गरी ३१ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक  जीवन बुढाथोकीले जानकारी दिए ।रक्तदान कार्यक्रमका लागि बुढाथोकीको संयाजकत्वमा उप समिती गठन गरिएको थियो । वेलफेयरले सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology