Logo शनिवार, आश्विन ३ गते २०८३
images

झ्याप्लेखोलामा फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान (नामावलीसहित)

झ्याप्लेखोलामा फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान (नामावलीसहित)

  • 2.3K
    SHARES

  • झ्याप्लेखोलामा फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान (नामावलीसहित)

    धादिङ,असाेज १३ ।

    धादिङको धुनिबेशी नगरपालिका–९ झ्याप्लेखोला गएको पहिरोले पुरिएर मृत्यु भएका १३ यात्रुको शवको पहिचान खुलेको छ। हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

    झ्याप्लेखोलमा पहिरोले गाडी पुर्दा मृत्यु भएका मध्ये शनिबार रातिसम्म १४ जनाको शव फेला परेको थियो। आज थप १६ वटा शव फेला परेको हो।

    फेला परेकामध्ये १३ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। उनका अनुसार सनाखत हुनेमा स्याङजाको गल्याङ नगरपालिका–३ का सीता भट्टराई, उनका छोरा दिपेश भट्टराई र दिपिका भट्टराई छन्।

    jhyaplekhola-cover_q4Iy1lLAwu.jpg

    यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

    त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

    उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ। सनाखत भएका शनिबारै निकालिएका थिए। आज निकालिएका शवको पहिचान हुन बाँकी छ। शनिबार पहिरोले पुरिएको अवस्थामा माइक्रो बसबाट ५ वटा र अर्को बसबाट ९ वटा गरी १४ जनाको शव निकालिएको थियो।

    pahiro bus.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology