बुटवल,असोज १२ ।
श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्ष लुम्बिनी विकास आएका छन् । कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले खादा लगाएर पूर्व राष्ट्रपतीलाई स्वागत गरेका हुन् ।
उपाध्यक्ष डा. लामाले स्वागत गर्दै श्रीलंकासँग नेपालको सम्बन्ध निकै पूरानो रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उनले लुम्बिनी क्षेत्रमा शाक्यमुनी बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीन वटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको बताए । उनले लुम्बिनीसँग श्रीलकाको सम्बन्ध पनि निकै पूरानो रहेकाले यहाँको विकासमा सहकार्य गर्न सधै तयार रहेको बताए ।
उपाध्यक्ष लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि समेत अनुरोध गरे । राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदुत सुदर्शना पाथिराना समेत सहभागी थिए ।पूर्वराष्ट्रपती राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतका कर्मचारीहरुले स्वागत गरे । उक्त अवसरमा कोषका सदस्य सचिव शाक्यले लुम्बिनीमा पूर्वराष्ट्रपतीको भ्रमणले आफूहरुलाई उत्साही बनाएको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा श्रीलंकाले शुरुवाती चरणमै विहार निर्माण गरेकोमा धन्यवाद दिदै यो सहकार्य रहिरहने बताए ।
त्यस्तै बरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलंकन मन्दिरको पुर्ननिर्माणका लागि अनुरोध गरे ।स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपती राजापाक्षेले मायादेवी भ्रमण गरे । श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतीले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । परिवार सहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका थिए । शुक्रबार अपरान्ह लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षे झरीको प्रवाह नगरी मायादेवीको श्रद्धाभत्तीका साथ दर्शन गरेका हुन् ।
निरन्तरको बर्षाले हिडडुल गर्न समेत असहज भएको बेला पूर्वराष्ट्रपती राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाईला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धी भएको बताए । उनले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ती, पुष्पकरणी पोखरी, अशोक स्तम्भका बारेमा जानकारी लिँदै भ्रमण गरे ।
कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी र मायादेवी मन्दिर र लुम्बिनीको महत्वबारे विफ्रिङ गरेका थिए । यस्तै बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले पुरातात्विक महत्व र मायादेवी मन्दिर परिसरका संरचनाबारे जानकारी दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)