Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता,१५० टिमकाे सहभागिता रहने

बुटवलमा लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता,१५० टिमकाे सहभागिता रहने

  • 4.3K
    SHARES

  • बुटवलमा लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता,१५० टिमकाे सहभागिता रहने

    बुटवल,पुस २५- 

    लाफा समुह बुटवलले खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । समुहले शनिबार पत्रकार सम्म्मेलन गरी आगामी माघ २३ र २४ गते तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

    प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, मकवानपुर, कास्की, दाड, सल्यान बाकें लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक ज्ञानु सारुले जानकारी दिए । यस वर्ष १ सय ५० बढी टिम सहभागि हुने समुहका संरक्षक वासुदेव लामिछानेले बताए ।

    खुलातर्फ ९० तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका समुहका उपाध्यक्ष पुरन गाहाले जानकारी दिए ।

    भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेस्मीले बताए ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि १६ लाख ४० हजार रुपैयां खर्च अनुमान गरिएको उनले बताए । समुहका उपाध्यक्ष पुरन गाहाले गत बर्ष भन्दा धेरै खेलाडिको सहभागिता रहेन अपेक्षा गरेको बताए । उनले गतबर्ष खूला ७८ र भेट्रान्सतर्फ ३५ समुहको सहभागती रहेकोमा अहिले ११५ टिम र भेट्रान्सतर्पm ५० अपेक्षा गरेको बताए । यस्तै यसबर्ष पुरस्कार राखी पनि बृद्धि गरिएको छ ।

    सम्मेलनमा प्रतियोगिताका संयोजक ज्ञानु सारुले समुहले बिभिन्न सामजिक कार्यहरु बताए । उनले कोरोना महामारीको बेला आर्थीक समस्या भएको परिवारलाई १२० परिवार खाद्यान्न सहयोग गरेको बताए । समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर टे्रनिङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ ।

    पटक पटक पनि स्थानीय तहसगँ हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ व्यतिmको जग्गा लिजमा लिएर चलाउनु पर्ने बाध्यता रहेको समुहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गरे । समुहमा हाल १५० भन्दा बढि सदस्य रहेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology