Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

काभ्रेको पाँचखालमा सडकबाट ७० मिटर तल खस्यो ट्रक,चालकको मृत्यू

काभ्रेको पाँचखालमा सडकबाट ७० मिटर तल खस्यो ट्रक,चालकको मृत्यू

  • 918
    SHARES

  • काभ्रेको पाँचखालमा सडकबाट ७० मिटर तल खस्यो ट्रक,चालकको मृत्यू

    काभ्रे,असाेज १० ।

    काभ्रेको पाँचखाल नगरपालिका-५, सैतिस किलो केराघारीस्थित अरनिको राजमार्गमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो अनियन्त्रित भएर करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए।

    चालकको पहिचान र मृत्यु : 

    दुर्घटनामा घाइते भएका चालक रमेश ठाडा, जो सिन्धुलीको मरिण गाउँपालिका-१ निवासी थिए, धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रमेश ठाडा २८ वर्षका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology