Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुस्तामा बनेकाे झाेलुंगे पुलकाे उद्घाटन, २० करोड ९३ लाख लागत

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुस्तामा बनेकाे झाेलुंगे पुलकाे उद्घाटन, २० करोड ९३ लाख लागत

  • 1.5K
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुस्तामा बनेकाे झाेलुंगे पुलकाे उद्घाटन, २० करोड ९३ लाख लागत

    नवलपरासी,असोज १० ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेकाे झाेलुंगे पुलेकाे उद्घाटन गर्नु भएको छ ।

    नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर(सुस्ता) मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपती पौडेलले उद्घाटन गर्नु भएको हाे । साथै सुस्ता क्षेत्रमा एकिकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्ती समेत सुभारम्भ गरिएकाे छ । 

    नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको छ । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता छ । pul narayani susta.jfif

    झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ ।

    यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । बर्षायाममा उच्च वहाव हुँदा नदि तर्न जोखिमपूर्ण हुने गरेको थियो ।  

    डुंगा दुर्घटना हुदा मानवीय क्षती समेत व्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो ।

    यो पुल बनेपछी सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ । पुलको दायाँ किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology