बुटवल,असोज ७ ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं -२ रुपन्देहीद्वारा शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भर्खरै सम्पन्न भएको नेपाल इन्जिनियर्स एसोसिएसनको लुम्बिनि प्रदेश निर्वाचनमा निर्वाचित लोकतन्त्रवादी इन्जिनियरको सस्था सिडेनबाट प्रतिनिधित्व गर्दै चुनावमा निर्वाचित ई महेश्वर लम्सालको प्यानल बिजयी भएको थियो । त्यस्तै बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसनको अधिवेशनबाट प्रेम गौचन अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै नेपाल भुपु सैनिक संघ रुपन्देहीको अधिवेशनबाट निर्वाचित अध्यक्ष टेक बहादुर रेश्मी लगायत बुटवल अध्यक्ष पृथ बहादुर थापा, तिलोत्तमा अध्यक्ष नर बहादुर कार्कि, सैनामैना अध्यक्ष मुक्त प्रसाद काउचा जिल्ला सचिव दुर्गा बहादुर खत्री, नेपाली काँग्रेस केन्द्रीय बिभागमा मनोनित जोबन सिह ठकुरी, यदुनाथ पाण्डे, र नेपाल किसान महासंघका केन्द्रीय सदस्य मा मनोनित बसन्ता खनाललाई सम्मान गरिएको हो ।
क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको कार्यक्रम मा नेपाली काग्रेस लुम्बिनि प्रदेश सदस्य राम बहादुर कार्कि, जिल्ला कोषाध्यक्ष हरि प्रसाद अर्याल, नगर प्रमुख खेलराज पाण्डे, खड्क बहादुर महत बिमलराज भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)