Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सहकारी हिनामिना प्रकरण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छविलाल जोशी पक्राउ

सहकारी हिनामिना प्रकरण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छविलाल जोशी पक्राउ

  • 1.5K
    SHARES

  • सहकारी हिनामिना प्रकरण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छविलाल जोशी पक्राउ

    काठमाडौं,असाेज ६ ।

    गृहमन्त्री रमेश लेखकको निर्देशतलगत्तै सहकारी हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेट्वर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

    उनलाई प्रहरीले काठमाडौंबाटै आइतबार पक्राउ गरेको हो । जोशीलाई पोखरास्थित सूर्यदशर्न सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने भएको छ।

    सूर्यदर्शनको ठूलो रकम गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा हालिएको थियो ।

    गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री लेखकले आइतबार मात्रै प्रहरीलाई निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै छवि समातिएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology