Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिबद्ध बचत तथा ऋण सहकारीको चौधौँ बार्षिक साधारणसभा सम्पन्न

प्रतिबद्ध बचत तथा ऋण सहकारीको चौधौँ बार्षिक साधारणसभा सम्पन्न

  • 1.6K
    SHARES

  • प्रतिबद्ध बचत तथा ऋण सहकारीको चौधौँ बार्षिक साधारणसभा सम्पन्न

    बुटवल,असाेज ६ ।

    प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ४ को चौधौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बचत तथा ऋण जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले सहकारीहरुलाई गुणात्मक बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाले सहकारीमा प्रबेश गर्ने जो कोहिलाई पनि आबश्यक प्राथमिक तहको सहकारी ज्ञान वा तालिम दिएर मात्र प्रबेश गराएमा सहकारीहरु सहजै लक्ष्यमा पुग्न सक्ने बताउनुभयो ।

    सहकारीका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता तथा सचिब भुवन भुसालको संचालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णु पुरी ,शेयरधनी बिमल गिरि लगायतले बोल्दै सहकारीलाई समय सान्दर्भिक  बनाउदै सामाजिक काममा सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए ।

    सो अबसरमा अध्यक्ष घिमिरेको बार्षिक प्रतिबेदन, सचिब भुसालको प्रतिबेदन तथा कोषाध्यक्ष देवी प्रसाद पौडेलको प्रतिबेदन पारित गरिएको थियो ।

    संस्थाले गत आ.व.मा गरेका आर्थिक कारोबारको अनुमोदन तथा आगामी बर्षको कार्यक्रम सर्बसहमतीबाट स्वीकृत गरीएको अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । सोअवसरमा एसइइमा उत्कृष्ट अंक ल्याएका बिद्यार्थीलाइ सम्मान गरिएको थियो ।सहकारीमा हाल ५९५ जना शेयर सदस्य रहेका छन् ।

    praa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology