Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘प्राप्त उपलब्धि रक्षा गर्न मानवअधिकार तथा शान्ति समाजले उल्लेखनीय भूमिका निर्वाह गराेस्’

‘प्राप्त उपलब्धि रक्षा गर्न मानवअधिकार तथा शान्ति समाजले उल्लेखनीय भूमिका निर्वाह गराेस्’

  • 1.8K
    SHARES

  • ‘प्राप्त उपलब्धि रक्षा गर्न मानवअधिकार तथा शान्ति समाजले उल्लेखनीय भूमिका निर्वाह गराेस्’

    बुटवल,असोज ४।

    मानव अधिकारका क्षेत्रमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अग्रसरता देखिएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताएका छन् ।

    मानव अधिकार तथा शान्ती समाज रुपन्देहीको २५ औँ अधिवेशनको उद्धाटन गर्दै पाण्डेयले हरेक अवस्थामा मानव अधिकार तथा शान्ती समाजले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले लामो संघर्षले संविधान प्राप्ती भएको उल्लेख गर्दै हरेक ब्यक्तिले नै उपलब्धी प्राप्ती गर्ने अवस्था नरहन पनि सक्ने उल्लेख गरे ।samaj (1).jpg

    कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बराल, , रुपन्देहीको सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा,निवर्तमान केन्द्रीय अध्यक्ष एवं सल्लाहकार गोबिन्द खनाल, बरिष्ठ उपसभापति कृष्ण बहादुर रावल, केन्द्रीय महासचिव रेनुका पौडेल,मानव अधिकार आयोगका प्रदेश कार्यालय बुटवल प्रमुख हरिप्रसाद ज्ञवाली,कांग्रेस नेता प्रजापाल गिरि ,नेकपाका शरद वली,एमालेका टंक पराजुली,बुटवल उवासंङ्का बिमलराज भट्टराइ ,बरिष्ठ पत्रकार बालकृष्ण चापागाइ,केन्द्रिय सदस्य डिपि खनाल,उपभाेक्ता हित संरक्षण मन्चका तेजकुमार पाठक,महिला नेतृ रिता सेन,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शान्ति समाजले सबै प्रकारका अभियान चलाउनुपर्ने बताएका थिए ।

    रुपन्देही सभापति कृष्ण भट्टराईको अध्यक्षता तथा उपसभापति कपिल ज्ञवालीको स्वागतमा भएका कार्यक्रम सचिव कृष्ण पाण्डको सञ्चालनमा सम्पन्न भएको हो । साधारणसभामा सभापति  भट्टराई र कोषाध्यक्ष लिलाधर लुइटेलको प्रतिबेदन पास भएको छ। samaj (3).jpg

    शान्ति समाज रूपन्देहीको अध्यक्षमा ज्ञवाली,सचिवमा  लुइटेल

    यसैबिच  मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञवाली चयन भएका छन् । समाज रुपन्देहीको बिहिबार भएको  २५औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।

    santi samaj team.jpg

    जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे ,सचिवमा लिलाधर लुइटेल , सहसचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा मोहनीलाल न्यौपाने तथा सदस्यहरूमा केशवराज पाण्डे, कृष्ण भण्डारी, रत्न कंडेल कल्पना ढकाल, कल्पना रसाली र उमादेवकोटा रहेका छन् ।

    साथै मनोनित सदस्यहरूमा सीता भट्टराई, दिनेशमणि सुवेदी ,सागर भुसाल र छमकला पौडेल छनोट भएको निर्वाचन समिति संयोजक हरिष ढकालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology