Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

काँग्रेस क्षेत्रीय समिति बैठकले गर्‍यो बिभिन्न निर्णय

काँग्रेस क्षेत्रीय समिति बैठकले गर्‍यो बिभिन्न निर्णय

  • 1.5K
    SHARES

  • काँग्रेस क्षेत्रीय समिति बैठकले गर्‍यो बिभिन्न निर्णय

    बुटवल,असोज ४ ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर -२ को बैठक सम्पन्न भएको छ । क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको बैठकले संगठनको बिस्तारलाई ध्यान दिदै महत्वपूर्ण निर्णयहरु गरेको छ ।

    यस अघि नै केन्द्रबाट कृयाशिल सदस्यता प्रमाण पत्र, नबिकरण फारम र जिल्लाबाट प्राप्त पारिवारिक बिवरण सहितको फारम बितरण गरिसकिएको र ति फारमहरुमा मागिएको विवरणहरु नछुटाई व्यवस्थित तवरबाट भर्न वडा कार्यसमितिलाई निर्देशन गरेको छ । 
    बैठकले यस क्षेत्र भित्र साधारण सदस्यता बिस्तार र बितरण अभियान स्वरुप Mission 2.4 कार्यक्रम तय गरेको छ । अक्टुवर १ देखि शुरु हुने Mission 2.4 कार्यक्रममा २४ घण्टा काम गरेर, २०२४ अङ्ग्रेजी साल भित्र २४०० साधारण सदस्यता बिस्तार र बितरण गर्ने अभियानको लक्ष्य रहेको छ । 
    यसै गरि नजिकदै गरेको बिजया दशमी, दीपावली लगायतको नेपाली हरुको महान पर्वको उपलक्ष्यमा यस क्षेत्र भित्रका पार्टि सदस्य तथा नेतृत्व गण, कृयाशिल सामाजिक एवम् व्यवसायीक सघसस्था, यस क्षेत्र भित्र कृयाशिल अन्य राजनैतिक दलका नेतृत्व, सरकारी एवम् गैर सरकारी सस्थाका प्रमुखहरु लाई सम्मिलित गराउने गरि असोज १९ गते शनिवार बृहत शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । 
    बैठकले विभिन्न सघसस्थामा निर्वाचित पार्टिका सदस्य तथा शुभेच्छुकहरुलाई असोज ५ गते शनिवार बिहान ८ बजे बुटवल -२ स्थित पार्टि कार्यालयमा सम्मान गर्ने समेत निर्णय भएको सचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । बैठमा उपसभापति खड्क बहादुर महत, सहसचिव मिलन थापा, कोषध्यक्ष हिमाल गैरे, क्षेत्रीय सदस्यहरु कर्ण बहादुर टण्डन, तिर्थराज पौडेल, दीपक रायमाझि, अदिल खान, भरत पुरी, यग्य प्रसाद खनाल, लोक बहादुर कुवर लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आश्विन ४ २०८१०७:५९:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology