Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा प्रेम गौचन विजयी

बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा प्रेम गौचन विजयी

  • 963
    SHARES

  • बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा प्रेम गौचन विजयी

    बुटवल,असोज १ ।
    बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रुपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित हुनुभएको छ ।

    सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी तुलसीराम न्यौपानेले २३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी गराएको छ । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए ।

    जसमा अधिकांस पदमा गौचन नेतृत्वको प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
    एशोसियशनको उद्योग उपाध्यक्षमा २४२ मत सहित ध्रुवराज भुसाल र वाणिज्य उपाध्यक्षमा २५५ मत सहित बाबुराम आचार्य निर्वाचित हुनुभएको छ । महासचिव पदमा २५२ मत सहित पुनित पोखरेल निर्वाचित हुनुभएको छ ।IMG_7389.jpegIMG_7390.jpeg
    कोषाध्यक्ष पदमा २८१ मत सहित नमराज सुवेदी, सचिव पदमा २४१ मत सहित मनिस पाण्डे र सहकोषाध्य पदमा २५० केशवराज भण्डारी निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी कार्यकारिणी सदस्यमा गोपालप्रसाद घिमिरे, यज्ञप्रसाद पाण्डे, यदुमणी पंगेनी, सुर्यनारायण महतो, विजय पाण्डे, गुरुप्रसाद भट्टराई, हिमालकुमार श्रेष्ठ र गणेश तिमिल्सिना निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी लेखा समितिको संयोजकमा २६४ मत सहित रोषन पाण्डे निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नारायणप्रसाद ज्ञवालीले २१० मत प्राप्त गर्नुभएको छ ।

    लेखा समितिको सदस्य पदमा नारायणप्रसाद खनाल र अरुणकुमार अर्याल निर्वाचित हुनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन १ २०८१०३:३७:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology