बुटवल, भदौ ३० ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सहकारीलाई ब्यवस्थित गर्नुपर्ने बताउनुभएको छ। प्रदेश सरकारले यसका लागि सरोकारवालासंग छलफल गरेर उचित नीति तर्जुमा गर्ने बताउनुभयो।
जयभोले बचत तथा ऋण सहकारी संस्था लिमटेड बुटवल ३ को १२ अौं बार्षिक साधारणसभामा बोल्दै उहाले सहकारिलाइ शूरूवातदेखि नै बिधिमा रहेर संचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख गुणाखर खनाल, बुटवलमा रहेका २५० वटा सहकारी मध्ये र नगरले १३५ वटाको नियमन गर्ने बताउनुभयो।उनले सदस्यले संचालक नचिन्ने र संचालकले सदस्य नचिन्ने अवस्था आउदा सहकारी डुब्ने गरेको बताउनुभयो।
सो अवसरमा संस्थापक अध्यक्ष दिलबहादुर खाम्चा,बरिष्ठ सल्लाहकार रामबहादुर कार्की,सल्लाहकार परशुराम ढकाल,आनन्द भगत श्रेष्ठ,सदस्य छाया पोखरेल लगायतले बोलेका थिए । ४६५ शेयर सदस्य रहेको सहकारीले मन्त्री कार्की र जेष्ठ नागरिकहरूलाइ समेत सम्मान गरेको छ ।
सहकारीका कार्यबाहक अध्यक्ष लोकबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य छाया पोखरेलले गर्नुभएको थियो। साधारणसभामा अध्यक्ष र कोषाध्यक्ष,लेखा समितिको प्रतिेवेदन पास गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)