Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

एनइए लुम्बिनी प्रदेशमा सिडेनको जित,प्रदेश अध्यक्षमा लम्साल भारी मतले बिजयी 

एनइए लुम्बिनी प्रदेशमा सिडेनको जित,प्रदेश अध्यक्षमा लम्साल भारी मतले बिजयी 

  • 1.0K
    SHARES

  • एनइए लुम्बिनी प्रदेशमा सिडेनको जित,प्रदेश अध्यक्षमा लम्साल भारी मतले बिजयी 

    बुटवल,भदौ ३० ।

    नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले जित हासिल गरेको छ । तीन पक्षीय चुनावी भिडन्तमा एमाले निकट (पिन) र माओवादी केन्द्र निकट (निओन) लाई अत्यधिक मत सहित पराजित पारेको हो ।

    हिजो सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेश केन्द्रिय सदस्यमा आकाश बर्मा बिजय भएका हुन् । आकासले ५३३ मत ल्याउदा निकटम प्रतिद्वन्द्वी पिनका बलाराम पौडेलले ५१३ तथा निओनका अरुण खनालले २३३ मत ल्याएका थिए ।

    त्यस्तै प्रदेश अध्यक्षमा सिडेनका महेश्वर लम्साल बिजय भएका हुन् । लम्सालले ८८४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी पिनका जय लाल मरासिनीले ४४० मत ल्याएका थिए । उपाध्यक्षमा शिव प्रसाद तिवारी बिजय भएका हुन् । तिवारीले ६८२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी प्रभा पाण्डेले ४९८ मत ल्याएकी थिइन ।

    सचिवमा प्रतिस्पर्धा उच्च हुने पुर्व आकलन रहेको इन्जिनियर बताएका थिए तर अनुभवी र सरल स्वभावका प्रवेश पौडेल बिजय भएका छन । प्रबेशले ७७८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी शिशिर ज्ञवालीले ४४५ मत ल्याएका थिए ।

    सह–सचिवमा संकल्प बुढाथोकी बिजय भएका छन । संकल्पले ६९२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी प्रदिप घिमिरेले ५३४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा प्रविन सापकोटा बिजय भएका हुन ।प्रबिनले ८०१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी राजु ढकालले ४१० मत प्राप्त गरेका थिए ।

    त्यस्तै सदस्यहरुमा  अम्बिका ढुंगाना , सुचित बिष्ट , कृतेश कुमार श्रेष्ठ , दिपेश गौतम , कमल राज ढुंगाना , जीवन पाण्डे , दैबग्य जोशी , सुरक्षीत ज्ञवाली , रुपेश परियार र निशा बेलबासे निर्वाचित भएका हुन्  । जम्मा जम्मी १८१६ मत संख्यामा १३५० मत खसेको थियो । दाङमा १७६ , नेपालगञ्जमा २२२ र बुटवलमा ९५२ मत खसेको थियो ।nea.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology