Logo बिहिवार, आश्विन १ गते २०८३
images

खुल्ला सीमानाका कारण साना व्यापारीहरु मर्कामा

खुल्ला सीमानाका कारण साना व्यापारीहरु मर्कामा

  • 1.1K
    SHARES

  • खुल्ला सीमानाका कारण साना व्यापारीहरु मर्कामा

    बुटवल,भदौ ३० ।

    खुद्रा किराना व्यवसायी संघ रुपन्देही बुटवलको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो |

    सो अवसरमा बोल्दै उपभोत्तालाई सर्वसुलभ र गुणस्तरिय बस्तु विक्रिको दायित्व व्यापारीहरुको रहेको भन्दै दायित्वलाई जिम्मेवारी पूर्वक लिनुपर्ने बताउनुभयो ।khel.jpg

    पाण्डेयले  उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय बस्तु बिक्रीको दायित्व व्यापारीहरूको रहेको भन्दै दायित्वलाई जिम्मेवारी पूर्वक लिनुपर्ने बताउनुभयो।

    उहाँले खुल्ला सिमानाका कारण व्यापारीहरूलाई पर्ने गरेको असर बारे आफू जानकार रहेको भन्दै उपभोक्ता स्वयमलाई यस बारे चेतना जगाउनु पर्ने बताउनुभयो ।सङ्घका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले खुल्ला सीमा नाकाबाट हुने अवैध व्यापारले नेपाली व्यापारीहरू धराशायी  भएको बताउनुभयो । उहाँले राज्यको झन्झटिलो कर नीति, अवैज्ञानिक घर भाडा वृद्धि, बिचौलियाको नियन्त्रण नहुनुले पनि खुद्रा किराना व्यापारीहरू विस्थापित हुनुपर्ने अवस्था आउन थालेको बताउनुभयो ।kira.jpg

    घुमन्ते व्यापारी, विद्युतीय व्यापार तथा हाटबजार जस्ता कारण खुद्रा किरानाको व्यापार घटेको भन्दै यसले व्यापारी व्यवसायमा वितृष्णा जाग्ने गरेको बताउनुभयो ।

    साथै उहाँले सिमानाबाट हुने अवैध व्यापार चोरी निकास कम गर्न भन्सार, राजश्व कार्यालय सँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा कोषाध्यक्ष टिकाराम शर्माले आयव्यय प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले नाफा कमाउने बहानामा उपभोक्तालाई महँगो शल्य लिन नहुने बताउनुभयो ।khudra.jpg

    रुपन्देही उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली  बुटवल उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष  वसन्त  ढकाल  रुपन्देही व्यापार सङ्घ अध्यक्ष विष्णु ढकाल,घर भाडा सरोकार सङ्घ रुपन्देहीका अध्यक्ष राजु लिगल,मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भटराई यस्तै सङ्घका संस्थापन अध्यक्ष टिकाराम गैरे,निवमान अध्यक्ष मोहन बस्याल पूर्व अध्यक्षहरू केशव कँवर, ज्ञान प्रसाद न्यौपाने,सल्लाहकार कृष्णप्रसाद पाण्डेय, कार्यक्रम वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद न्यौपानेको स्वागत तथा महासचिव दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । धन्यावाद राधा भुसालले  गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology