Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

शुभागमन सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

शुभागमन सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

  • 756
    SHARES

  • शुभागमन सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

    बुटवल, भदौ २९ ।  

    बुटवल ११ स्थित शुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो  १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न  गरेको छ ।

    कार्यक्रममा सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा बुटवल  उपमहामनगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले  सहकारी सदस्यहरुको आर्थिक विकासका लागि मेरुदण्ड भएको बताए । उनले कतिपय सहकारीमा आर्थिक हिनामिना भएर बन्द अवस्थामा रहेको भए पनि सबै सहकारी एउटै नभएकोले सदस्यहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
    सोही कार्यक्रममा सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलले अध्यक्षको  वार्षिक प्रतिवेदन, कोषाध्यक्ष  सुवासचन्द्र ढकालको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक चिरञ्जीवी पाण्डेले प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

    संस्थाको शेयर पुजी रु १ करोड ४३ लाख  ५५ हजार, निक्षेप रु ८ करोड ७३ लाख ३३ हजार ३ सय ४  रुपैयाँ ४५ पैसा, ऋण लगानी रु ७ करोड ९२ लाख ३३ हजार ५ सय ६ रुपैयाँ रहेको र संस्थामा ४ सय ४९ जना महिला र ३ सय २५ जना पुरुष गरी कुल ७ सय ७५ जना शेयर सदस्यहरु आबद्ध रहेका  छन् ।
    कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष शालिकराम पौडेल, सम्बद्ध साकोसका अध्यक्ष लोकराज शर्मा, स्वागतम साकोसका अध्यक्ष कपिलदेव गौतम, सुविधा साकोसका अध्यक्ष नगेन्द्र पाण्डे, क्षितिज साकोसका उपाध्यक्ष प्रकाश खनाल, अमर ज्योति साकोसका सचिव लक्ष्मण ज्ञवाली, मालिका साकोसका उपाध्यक्ष विमलराज घिमिरे, महिला शेयर सदस्यका तर्फबाट शैलजा आचार्य भट्टराई, शेयर सदस्य उदय भट्टराईलगायतले मन्तव्य राखेका थिए । त्यस्तैगरी ज्येष्ठ नागरिक मिना ज्ञवाली, सहकारीका व्यवस्थापक नारायणी ढकाल, विद्यावारिधि प्राप्त गरेका शेयर सदस्य डा. मुक्तिराम पौड्याललाई सम्मान गरिएको छ ।
    सहकारीका उपाध्यक्ष कुल प्रसाद बस्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद भण्डारीले गरेका थिए ।

    सहकारीको चौथो अधिवेशनबाट कुलप्रसाद बस्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा सुवासचन्द्र ढकाल, सचिवमा विष्णु प्रसाद भण्डारी, कोषाध्यक्षमा सन्तोष नाउँ सर्वसम्मतरुपमा चयन भएका छन् ।

    त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा प्रिया पाठक भण्डारी, शेषकान्त पोख्रेल, कमला कुँवर, वासुदेव भुसाल र गीता खनाल चयन भएका छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा चिरञ्जीवी पाण्डे, लेखा समिति सदस्यहरुमा क्रमशः खिमानन्द भण्डारी र प्रकाश खनाल चयन भएका छन् । उक्त अधिवेशन सम्पन्न गर्नका लागि  निर्वाचन  मण्डलको संयोजकमा शालिकराम पौडेल, सदस्यहरुमा राजेन्द्र लम्साल (क)  र विष्णु कुमारी  गौतम घिमिरे  रहेका थिए ।
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र २९ २०८१०७:५७:०४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology