बुटवल,भदौ २८ ।
रूपन्देही ब्यापार संघ जुत्ता चप्पल बस्तुगत उपसमितिले बुटवलमा फूलका बिरूवासहित गमला र डस्टबिन बितरण गरेको छ । सरसफाइ र हरियाली अभियानको पहिलो दिन आज १०० वटा गमला,फूल तथा डस्टबिन बितरण गरिएको उपसमितिका संयोजक उत्तम देवकोटाले बताए ।
शुभारम्भ कार्यक्रममा बोल्दै बुटव वडा न ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवललाइ हरियाली,सफासुघ्घर बनाउन आफूहरू दिनरात नभनेर काम गरिरहेको बताए । उनले रूपन्देही ब्यापार संघले गरेको कामको प्रशंसा गरे ।
कार्यक्रममा ब्यापार संघका अध्यक्ष दिपक अधिकारी उपसमितिका सल्लाहकार गोपाल अधिकारी,
बिजय घिमिरे सचिव,राममन्दिर टोल बिकास संस्था अध्यक्ष अनिल श्रेष्ठ,संगमपथ टोल बिकास संस्था अध्यक्ष मनिष हेजु लगायतले बोलेका थिए । अभियान अन्तर्गतअमरपथ,जेसिजचोक,बिपि चोक,राममन्दिर लाइन ,संगमपथमा हरियाली बनाईने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)