बुटवल,भदौ २७ । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले विद्यार्थीको साहित्यिक विद्यामा क्षमता विकासका लागि संचालन गरेको तीन दिने बालकथा लेखन कार्यशाला सकिएको छ । मावि तहका विद्यार्थीमा देखिएको रुचीका आधारमा विद्यालयले आयोजना गरेको बालकथा लेखन कार्यशालाको बिहीबार समापन गरिएको हो ।
वागमय प्रतिष्ठानका कोषाध्यक्ष साहित्यकार लक्ष्मण ज्ञवालीले कथा लेखन कार्यशालाको समापन गर्नुुहुँर्दै विद्यार्थी जीवनमा साहित्य लेखन र बाचनको अहम भुमिका हुने बताउनुभयो । उहाँले नेपाली साहित्यको विकास र समृद्धिका लागि विद्यार्थीकालदेखिनै यसमा मलजल गर्नु पर्ने बताउदै कथा, कविता, गीत, गजल लगायतका साहित्यिक लेखनमा विद्यालय स्तरबाट गरिएको कार्यक्रमको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा कथाकार तथा साहित्यकार विजयराज आचार्यले विद्यार्थीको रुचीको विषयमा आफुले प्रशिक्षण दिन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले दीपमा कथा, गित, गजल लेखन विद्यामा विद्यार्थीको रुची अधिक रहेको उल्लेख गर्दै विद्यालयले ति प्रतिभालाई समयसमयमा निखारर्ने अवसर दिनु बताउनुभयो ।
सो अवसरमा बालकथा लेखन कार्यशालामा सहभागि भएका दीप बोर्डिङका ४५ जना विद्यार्थीहरुले लेखेका ४५ वटा कथा कथाकार आचार्यले विद्यालयका प्राचार्य टिकाराम न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो । विद्यार्थीले लेखेका कथाहरु ग्रहण गर्दै प्राचार्य न्यौपानेले विद्यार्थीलाई हरेक विद्यामा अब्बल बनाउने योजना अनुसार विद्यालयले संस्कारयुक्त सहितको शिक्षालाई जोड दिदै आएको बताउनुभयो ।
उहाँले साहित्यसँगै विद्यार्थीहरुलाई चित्रकला, नृत्य, गायन, खेलकुद लगायतका क्षेत्रमा पनि उत्कृष्ठ बनाउने योजनाका साथमा विद्यालयले हरेक गतिविधिलाई सक्रिय बनाउँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीले लेखेका कथाहरुलाई दीप स्कुलको एउटा कथा संग्रहका रुपमा स्थापित गर्ने गरि राखिने समेत बताउनुभयो ।
विद्यालयका नेपाली शिक्षक छवी ज्ञवालीको संचालनमा भएको कार्यक्रमा विद्यालयका उपप्राचार्य कलाधर अर्याल, पत्रकार तथा अभिभावक सुमन अधिकारीलगायतले विद्यार्थीको चौतर्फी विकासमा कथा, लेख रचना लगायतका सामग्रीले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थी सोविन पिया, सचिना पुरी, पलपल जैसी, सुप्रिया पन्थीलगायतले आफुले लेखेका कथा बाचन गरेर सुनाउनु भएको थियो । यस्तै सो अवसरमा कथा लेखेका विद्यार्थीहरुले साहित्यिक रुचीलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)