बुटवल,भदौ २६ ।
पुर्व शैनिक ५/९ गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनाएको छ । परिवारले हरेक बर्ष सेप्टेम्बर ११ मा युद्ध सम्मान दिवस मनाउदै आएको छ ।
बुटवल समितिका अध्यक्ष राजकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा फिलौराका ब्रिगेडर भि सन्तोषले नेपाल र गोर्खालीले खेलेको योगदानको चर्चा गरे ।
उनले भारतमा ५/९ जिआर सबैभन्दा उत्कृष्ट रहेको भन्दै युद्ध जितका लागि भुमिका खेल्ने सबैलाइ धन्यवाद दिए ।उनले भुपुहरू अब राजनीतिमा आएर सेवा गर्न पनि आग्रह गरे ।
उनी हाल जिआरडि कमाण्डर (गोरखपुर ) समेत रहेका छन् ।देशभरबाट करिब ७०० जनासहभागि कार्यक्रममा बिर नारी तथा जेष्ठ नागरिकलाइ सम्मान गरिएको थियो।
कार्यक्रममा स्वागत महिला समिति संयोजक सुमित्रा मल्ल ,हनरी क्याप्टेन डा.नारायण गौतम, सुवेदार रामबहादुर खनाल क्षेत्री ,सुर्यबहादुर थापा लगायतले बोल्दै ५/९ जिआरलाइ सफल फौज बनाउन बिर गोर्खालीको भुमिका सह्रानिय रहेको बताए।
भारत-पाकिस्थानयुद्धमा ११ सप्टेम्बर १९६६ मा बिजय प्राप्त भएको थियो । सो कार्यक्रमको संचालन सुवेदार रामबहादुर खनालले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)